९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीलाई जागिर दिएको विषयमा प्रशासन शाखा प्रमुखमाथि छानबिन गर्न माग 

अ+ अ-

काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका प्रशासन शाखा प्रमुख अबिराज शाहीमाथि छानबिन गर्न माग गरिएको छ।

शाहीमाथि छानबिनको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र बुझाएका छन्। 

शाहीले विज्ञापन गरी श्रीमती प्रगति ठकुरीलाई सामाजिक परीचालक पदमा नियुक्ति दिएर जागिर खुवाएको आरोपमा उनीमाथि छानबिन गर्न माग गरिएको कर्मचारी स्रोतले प्रशासनलाई जानकारी दिएको छ । 

‘खाँडाचक्र नगरपालिका प्रशासन शाखा प्रमुखमा कार्यरत अबिराज शाहीले आफ्नो श्रीमतीलाई आफैँ नियुक्ति दिएर जागिर खुवाएको विषय र २०७८ फाल्गुन १ गतेबाट तलब पाउने गरी आफ्नो श्रीमती प्रगति ठकुरीलाई नियुक्ति गरी हाजिर आफै लगाई असोज सम्मको तलब आफैँ बुझेको विषयमा ध्यानाकर्षण गर्दै यसरी जिम्मेवार  व्यक्तिबाट गैर कानुनी रूपमा काम गर्ने शाखा प्रमुख अबिराज शाहीलाई कानुनी कारबाही गरी दुरुपयोग गरिएको राज्यको सम्पत्ति असुर उपर गर्न गराउन माग गदैछौं।’,हिक्मतजंग मल्ल र सुनिल शाहीद्वारा लेखिएको पत्रमा भनिएको छ।

स्रोतका अनुसार तत्कालीन अवस्थामा शाही निमित्त थिए । आफू निमीत्र भएको बेला विज्ञापन गरी श्रीमतीलाई भर्ना गरेको र अहिले नयाँ जनप्रतिनिधि आएपछि करारका कर्मचारीलाई  हटाएको छ । 

शाहीले २०७८ साल फागुन १ गते बाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचमा ठकुरीलाई नियुक्ति दिएर आफैँ हाजिर गर्ने र तलब भत्ता श्रीमतीको खातामा जम्मा गरेको बताइएको छ । 

यता शाहीले भने करार सम्झौता खरिदार सरह सुविधा दिने गरी नगरपालिका स्वीकृति दिएको बताए । 

उनले प्रशासनसँग भने, ‘यो सव प्रतिशोध साध्नका लागी मात्र हो, सबै कुरा तत्कालीन जनप्रतिनिधि र नगरपालिकाको स्वीकृतिमा भएको हो । ‘नयाँ जनप्रतिनिधि आईकेसकेपछि प्रतीशोधका आधारमा विवाद झिकिएको हो ।’ 

नगरप्रमुखको तोक आदेशमा श्रीमती ठकुरीलाई नियुक्त गरिएको दाबी गर्दै कुनै पनि गैरकानुनी नभएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस