काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनको सरकार निर्माणका लागि प्रधानमन्त्रीको पहिलो कार्यकाल बाधक नबन्ने दाबी गरेका छन्।
मन्त्री कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै पाँच दलीय गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे।
नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि काँग्रेस, माओवादी र एकीकृत समाजवादीले शुक्रबार पनि छलफल गर्दैछन्। छलफल बालुवाटारमा अपराह्न चार बजे हुनेछ।