८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा भुवा पर्वको रौनक

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका डोटी लगायतका विभिन्न जिल्लाहरूमा भुवा पर्वलाई ऐतिहासिक पर्वको रूपमा मनाइने गरिन्छ । 

पुरानो किम्बदन्ती अनुसार पौराणिक कालमा महाभारतको युद्धमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा मनाइने भुवा पर्वलाई सुदूरका गाउँ गाउँमा  तामझामका साथ मनाइरहेका छन् ।   

पौष पूर्णिमाको दिनदेखि सुरु भएर विभिन्न स्थान अनुसार ३ देखी १५ दिनसम्म चल्ने भुवा पर्वमा हातमा तरबार र ढाल लिएर सामूहिक रूपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ सेटीगाउँका भुवा मेला व्यवस्थापन समितिका अध्यक्ष बिरमल कडायतले बताए । महाभारतको युद्धमा पाण्डव र कौरब बिचको गाथामा आधारित यस पर्वलाई स्थानीय भाषामा भस्सो पर्वको नामले चिनिने गरेको समेत अध्यक्ष कडायतले बताए । 

भुवा पर्व विशेष गरी सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लाका विभिन्न स्थानहरूमा मनाउने गरिन्छ । भुवा पर्वको अवसरमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारीखेल लगाउने बेलुका र राति देउडा खेलेर रमाइलो गर्ने प्रचलन रहेको सुनादेबी माध्यामीक विद्यालयका शिक्षक कृष्ण बहादुर कडायतले बताए । उनले भने ‘भुवा पर्वमा आफन्तहरू सँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा पर्व अवधिभर दैनिक रूपमा रमाइलो गर्ने गरिन्छ ।’

सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा भुवा पर्वलाई लिने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए ।  उनले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो भुवा पर्वलाई जोगाउन यहाँका युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक छ ।’ 

भुवा पर्वमा अघिल्लो पुस्ताका बुढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्ने गरेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । उनले भने, ‘भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो, भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउँदै नाच्ने गर्दछन् ।’ 

भुवा पर्वको नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकलाहरू प्रदर्शन गर्ने समेत गरिन्छ । भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज बझाङ, अछाम, बाजुरा र डोटी जिल्लामा सार्वजनिक बिदासमेत दिएको थियो । 

प्रतिक्रिया दिनुहोस