७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

अ+ अ-

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर फालिएको छ भने प्लाष्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन् । प्लाष्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । जैमिनी -१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले भने, ‘कुस्मीशेराको फोहर जति सबै जथाभावीरुपमा ठेउले खोलामा फालिएको छ, सडक छेउमा पनि सर्वत्र छरिएको छ, फोहर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासिन बनेको छ ।’

साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहर पनि बढीनै हुने गरे र फोहर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे । उनले बजारवासीले फोहर व्यवस्थापनमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताउछन्। ‘बजारको फोहर अव्यवस्थित रुपमा अत्रतत्र छरिएर फालिएको छ, यसको गन्धले वरपर पुग्न पनि सकिँदैन, त्यो नजिकको बस्तीमा त बसी नसक्नुहुन्छ गन्हाएर, फोहर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकै ठाउँ छ, सिसा पनि त्यहीँ, छ प्लास्टिक पनि एकै ठाउँ छ ।’

उनले फोहर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घ कालीन समाधान खोजिनुपर्ने बताए । दिनदिनै बजारमा जनसङ्ख्या बढी रहेको फोहर पनि बढ्दै गइरहेको उनको भनाइ छ । प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् । जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडक छेउमा नै स्थानीयले फोहर थुपार्दा दुर्गन्ध फैलिएको बताए। स्थानीयले सहीरुपमा फोहरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए । फोहर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउछन्।

‘बजार वरपरका केही ठाउँमा फोहर अस्तव्यस्तरुपमा फालिएको छ, हामीहरु मर्निङवाक जाँदा पनि देखेका छौँ, त्यसको व्यवस्थापनको लागि खासै छलफल भएको छैन, यस्तो समस्या देखियो, यसको सही व्यवस्थापनमा लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन गर्नुभयो, जग्गा व्यवस्थापन गरेर यहाँको फोहरलाई सो ठाउँमा फ्याक्ने व्यवस्था मिलाउने छौँ’, नगर प्रमुख पुनले भने ।

सडक छेउमा नै फोहर फालिँदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रुसमेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन् । जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामीसमेत हिँड्ने सडक छेउमा फोहर फालिँदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । कुश्मीसेरामा हप्तामा एक पटक फोहर सङ्कलन गरिन्छ भने सङ्कलित फोहरलाई सडकको छेउमा फाल्ने र जलाइने गरिन्छ ।

फोहर सङ्कलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका–१ कुश्मीसेराका मिलन थापाले लिएका छन्। पालिकाको बोलपत्र आह्वान पश्चात् आफूहरुले हप्तामा एक पटक फोहर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताए । स्थानीयवासी थापाले फोहर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस