८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक सामरी पौवाको पुन:निर्माण

अ+ अ-

त्रिशुली । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको म्यागङ गाउँपालिका-५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।

रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

स्थानीय बूढापाका तथा शिलालेखअनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उनको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको पौवा भूकम्पले क्षति पुर्‍याएपछि खण्डहर बनेको थियो ।

गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिए ।

उनको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिलाजस्तो थियो सोही स्वरुपमा पुनःनिर्माण गरिएको हो । सोसँगै रहेको पाटीलगायतका संरचनाको पुनःनिर्माणको लागी लागत इष्टिमेट (खर्चको अनुमान) तयार भएकाले आवश्यक थप संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ ।

प्राप्त इतिहासअनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गरेका थिए । गोरखाबाट यही बाटो हुँदै नुवाकोट आक्रमणको लागि आएका पृथ्वीनारायण शाहसहित उनको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाए ।

उनको अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्नसहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडासमेत गरेर सो समयमा रु चार हजार ऋण दिएको थियो । सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसँग फिर्ता लिएर विसं १९९० सालमा भूकम्पले क्षति पुर्‍याएको उक्त पौवाको खड्का परिवारमार्फत नै मर्मतसम्भार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस