१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुन नै मन्त्रिपरिषद्‌मा नअट्ने 

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्‌मा यस सरकारको सूत्रधार नै बाहिर रहने सम्भावना बढेको छ।

काँग्रेससँगको गठबन्धन तोडेर प्रचण्डलाई एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वर्षमान पुन मन्त्रिपरिषदमा नसमेटिने अवस्था सिर्जना भएको हो।

चीनबाट उपचार गरेर फर्किएपछि पुनले नै एमाले अध्यक्ष केपी ओली र प्रचण्डलाई मिलाउने सूत्रधारका रूपमा भूमिका खेलका थिए।

सोमबार बिहान सत्ता पक्षीय दलहरूको बैठक बस्नुअघिसम्म माओवादीबाट सरकारमा सहभागी हुने निश्चित भए पनि मन्त्रालय भागवण्डा र उपप्रधानमन्त्री वितरणका कारण पुनको सम्भावना कम भएको माओवादी स्रोतले दाबी गरेको छ । 

यसपटक पुनको चाहना उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी लिने थियो। तर उपप्रधानमन्त्रीसहित एमालेबाट विष्णु पौडेलले अर्थको शपथ ग्रहण गरिसकेका छन्।

त्यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने गरी सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाबी गरेअनुसार नै उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि तीन पटक मन्त्री भइसकेका पुन यसपटक उपप्रधानमन्त्री बन्ने योजनामा थिए। अब माओवादीबाटै अर्को उपप्रधानमन्त्री बन्ने सम्भावना कम रहेको छ भने मन्त्रीको मात्रै हैसियतमा सरकारमा सहभागी हुन उनले आनाकानी गरेका छन्।

तीन पटक सांसद भएका पुनः तीनै पटक मन्त्री भएका छन्। उनी पहिलो पटक २०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए। २०६८ मा अर्थमन्त्री बनेका थिए भने २०७४ मा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी लिएका थिए।

मंसिर ४ गते भएको चुनावमा रोल्पाबाट जितेका पुन २०२८ सालमा जन्मेका हुन्।

प्रतिक्रिया दिनुहोस