७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जाने ठाउँ छैन : सुवास नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताएका छन्। 

नयाँ समीकरणमा एमालेले राष्ट्रपति पाउने र त्यो पदमा नेम्वाङको चर्चा भइरहेका बेला उनले यस्तो बताएका हुन्। 

‘पाँच पटक सभामुख, दुई पटक संविधानसभाको अध्यक्ष भइसकेँ अब मैले मन्त्री वा उपप्रधानमन्त्रीमा जानु हुँदैन। त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ। नेम्वाङले भने, ‘त्यसैले मैले प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने ठाउँ छैन।’

आफूले त्यही भएर अघिल्ला सरकारहरूमा उपप्रधानमन्त्री वा मन्त्रीको पद नलिएको उनको भनाइ छ। 

राष्ट्रपतिमा जाने इच्छाबारे सोधिएको प्रश्नमा नेम्वाङले पार्टीभित्र छलफल भइरहेको र त्यसबारे पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने प्रतिक्रिया दिए।

‘केही साथीहरूले सभामुख भनेका थिए, मैले एउटै पदमा पाँच पटक भइसक्यो भनेर अस्वीकार गरेँ।’ नेम्वाङले भने, ‘राष्ट्रपतिका विषयमा पार्टीभित्र कुराकानी, छलफल भइरहेको छ, अझै समय बाँकी छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति भएको उनले बताए। 

राष्ट्रपतिमा नेम्वाङसँगै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ। यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र मानिएका नेम्वाङलाई राष्ट्रपतिका रूपमा अघि सार्ने तयारी गरेको स्रोतले बताएको छ। 

यता प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको सम्भावना बलियो रहेको छ। एमाले उच्च स्रोतका अनुसार विश्वकर्मा सभामुखका बलिया दाबेदार हुन्। 

संसदीय अभ्यासमा अभ्यस्त पनि भएको र पार्टीको सिनियर नेता भएका कारण छविलाल विश्वकर्मा सभामुखका लागि पहिलो दाबेदार हुन्, एमालेका एक पदाधिकारीले भने, लगभग उहाँकै नाममा सहमति हुने सम्भावना बलियो छ। 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्भावित उम्मेदवार भए पनि उनको स्वभाव कार्यकारी खालको भएकाले छविलाल नै उपयुक्त पात्र हुने ती नेताले बताए। 

प्रतिक्रिया दिनुहोस