७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज

अ+ अ-

दमौली । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ ।

बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत विद्यार्थीलाई सहज भएको हो ।

विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता हटेको हो । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले नर्स सुनिता जोशीमार्फत नर्सिङ सुविधा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए ।

प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थी धेरै भएकाले बिरामी भइरहने, घाइते हुने गरेकाले उपचारमा सहज बनाउन नर्स राखिएको उनको भनाइ छ । विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको छ ।

व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहर मैला व्यवस्थापन, स्वास्थ्यकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने जिम्मेवारी नर्सलाई दिइएको छ ।

अखाद्य वस्तु ‘जङ्क फुड’ को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूम पान, मद्यपान र सुर्तीजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ ।

रजस्वलाका बेला छात्रा लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि यो सुविधापछि समाधान हुने विद्यालयले अपेक्षा लिएको छ । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे नर्स जोशीले सिकाउने गरेकी छन् । महिनावारी भएका बेला छात्रालाई सेनेटरी प्याड विद्यालयले निःशुल्क प्रदान गर्ने गरेको छ ।

विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनाङ्गको सरसफाइको बारेमा महत्त्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्ने विद्यालयको अपेक्षा छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पनि पहिलो पटक राम शाह माध्यमिक विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुआत गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायल नर्सले गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कमा रहेर विद्यालयमा सेवा दिने बताए । राम शाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिनेलगायतका कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए ।

बालबालिका धेरै समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहुँदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ ।

नर्सले किशोर किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस