काठमाडौँ । नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन भएका छन् । संसद सचिवालयमा आज बसेको दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो ।
दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी नेता गणेश उप्रेतीले जानकारी दिए । उनी पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि आङ्बो दलका नेता थिए भने हाल प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।