काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटघाट भएको छ।
अहिले साँझ एस पार्टीका नेता सोमप्रसाद पाण्डेको घरमा उनीहरूबिच भेटघाट भएको स्रोतले जनाएको छ। यसअघि अध्यक्ष नेपालसँग वामदेव गौतमले भेटघाट गरेका थिए। गौतमले भेटघाट गरेको केही समयमै अर्थमन्त्री पौडेलले भेटघाट गरेका हुन्।
एमाले र माओवादीभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको संयोजनमा पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका छन्।