१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा चिसोले ६३ जनाको मृत्यु

अ+ अ-

वासिङटन डिसी । विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको बीबीसी समाचारमा उल्लेख गरिएको छ।

न्युयोर्क सहर बफेलोमा मात्र मृत्यु हुनेको संख्या २८ पुगेको छ। त्यहाँका हजारौं मानिस विजुलीविहीन भएका छन्। प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने, ‘उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ । यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो । आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ ।’

हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ। हजारौँको बाटौमा अलपत्र परेका छन्। न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा छन् ।

तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ ।

अमेरिकामा एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्र बनेको छ । शहरका धेरै भागमा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ ।

विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार पछि होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गर्नुभएको र न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘संघीय सरकारको पूर्ण शक्ति’ परिचालनको प्रस्ताव गरेका थिए। राष्ट्रपतिले बाइडेनले सहयोगको प्रतिवद्धतासहित आँधीमा आफ्ना प्रियजनहरूको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन्।’

बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस