१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

अ+ अ-

अन्नपूर्ण (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् ।

कारागारमा भएका कैदी बन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन् । उनीसँग आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए । मुख्यमन्त्री पोखरेल तेस्रो पटक कारागार पुगेका हुन् । यसभन्दा अघि उनी दुई पटक राजनीतिक बन्दी भएर सजाय भोग्न कारागार गएका थिए ।

उनले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताएको स्मरण गरे । ‘त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि भयो र मुख्यमन्त्री पनि बन्यो’, उनले भने, ‘यहाँ आउने योजना बनाइरहेको भए पनि समयको समायोजन हुन सकेको थिएन, ढिलै भए पनि अवलोकन गर्न भनेर आएको छु ।’

जेललाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने धारणा उनको भनाइ थियो । ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधार गृहका रूपमा बनाउनुपर्ने हो, तर पनि त्यो गर्न नसकेको अवस्था छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तथापि उहाँहरूलाई प्रत्यक्ष भेटौँ भन्ने उद्देश्यका साथ हामी यहाँ आएका हौँ ।’

कारागार निरीक्षणपछि आफूले जेल जीवन बिताएको समयभन्दा अहिले धेरै सुधार भएको उनले सुनाए । ‘हाम्रो पालामा सुत्नै साह्रै गाह्रो हुन्थ्यो अरू समस्या त के के थिए के के’, उनले भने, ‘अहिले धेरै सुधार भएको छ, तर त्यो अझै पर्याप्त छैन, यसलाई सुधार गर्दै लैजानुपर्छ ।’

त्यस अवसरमा प्रदेशका आन्तरिक मामिला मन्त्री विश्वकर्माले कारागार सुधारका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताए । प्रदेशका ११ वटै जिल्ला कारागारका लागि ६० लाख बजेट छुट्ट्याएको उनले सुनाए ।

कास्की कारागारमा अहिले आठ सय ११ कैदी बन्दी रहेको जेलर महेन्द्रबहादुर कुँवरले जानकारी दिए । त्यसमा ३६ महिला र सात सय ७२ पुरुष छन् भने तीन आश्रित नाबालक छन् । विसं २०२२ मा स्थापना भएको उक्त कारागारमा २० महिला र चार सय पुरुष गरी चार सय २० कैदी बन्दी राख्न सक्ने क्षमता रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस