७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा कुकुर र बिरालालाई बन्ध्याकरणका लागि आव्हान

अ+ अ-

काठमाडौँ । आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र बिरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौँ महानगरपालिकाले इच्छुक सङ्घ संस्थालाई आव्हान गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक सङ्घ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको हो । 

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख गरिएको छ । इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, सङ्घ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्यालगायत विवरण र कार्य योजनासहितको प्रस्ताव बुझाउनु पर्नेछ । 

यस्तै संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडामा भएको भए सम्झौताको प्रतिलिपि, कुकुर बिरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेस गर्नुपर्छ । यस्तै संस्थाले यस बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिबद्धता प्रस्तावका साथमा पेस गर्नुपर्नेछ ।  

यसअघि ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टिच्युटको सहकार्यमा मनुमित्र कार्यक्रम सञ्चालन भइरहेको छ । अहिले सामुदायिक कुकुरहरू खाना नपाएर कुपोषित भएका, छालाजन्य रोगले ग्रस्त भएका, दुर्घटनाबाट अङ्गभङ्ग भएका जस्ता समस्यामा छन् । उनीहरू बेलाबेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिसहरूमा पनि समस्या छ । कुकुरको टोकाइ पछि रेबिज विरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरूमा चाप बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस