७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिएका छन् । राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ-आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन आएको प्रवक्ता काफ्लेले बताए । 

राजस्व चुहावट नियन्त्रणका लागि राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन पनि मन्त्री पौडेलले दिएका छन् ।

त्यस्तै, समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासन सक्रिय भएर लाग्ने बताए । कर्मचारीलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै लामिछानेले अवैध व्यापारिक गतिविधि रोक्न दृढताका साथ काम गर्न पनि सबै सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए ।

बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर, अर्थसचिव, गृहसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक राजस्व विभागमा महानिर्देशक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस