जनकपुरधाम । मधेस प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क)बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।
उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए ।