८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : जोरा र वालटनको शतकीय साझेदारीमा जनकपुरको सानदार जित  

अ+ अ-

काठमाडौं । चाडविक वालटन र सन्दीप जोरको शतकीय साझेदारीमा फारवेस्टर्न युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्‍यो ।

जनकपुरलाई जित दिलाउन जोरा र वालटन्ले शतकीय साझेदारी गरे । ओपनर पवन सर्राफ १२ रन र कप्तान ट्रेभोन ग्रिफ्त ६ रनमा आउट भएपछि क्रिजमा आएका जोराले जनकपुरका लागि सर्वाधिक ७७ रनको इनिङ खेले । उनले ५४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उनले वालटनसँग १५१ रनको साझेदारी गरे ।

वालटनले ४० बलमा २ चौका र ५ छक्कासहित अविजित ६९ रन जोडे । फारवेस्टका करण केसीले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार गरेको थियो ।

फारवेस्टका करण केसीले आक्रामक इनिङ खेले । उनी १६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रनमा अविजित रहे ।

भिम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर देव खनाल २२ रन र हसिम अन्सरि ११ रनमा आउट हुँदा कप्तान हर्समतुल्लाह शाहिदी १० रन र विनोद भण्डारीले १२ रन बनाएर पभेलियन फर्किएका थिए । हरिशंकर शाहले १३ रन योगदान गरे ।

जनकपुरको बलिङमा ललित राजवंशीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले पराजित भएको फारवेस्टले दोस्रो खेलमा काठमाडौँ नाइट्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो ।

यस्तै, पहिलो खेलमा पोखरालाई ५ विकेटले पराजित गरेको जनकपुरले दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा जनकपुर काठमाडौँसँग ५३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस