८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुटिन र सीबीच वार्ता, ताइवानमा चीनको अडानलाई रुसको समर्थन

अ+ अ-

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन।

सरकारी टेलिभिजनमा प्रसारण भएको दुई नेताबीचको भिडियो कन्फरेन्समा टिप्पणी गर्दै पुटिनले चीनसँग सैन्य सहयोगलाई सुदृढ गर्ने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । करिब आठ मिनेटको पुटिनको सम्बोधनमा रुसलाई पश्चिमी शक्तिहरूबाट टाढा राख्न आह्वान गरिएको थियो । उनले भने, ‘जसले युक्रेनविरुद्ध कदम चाल्न र युक्रेनलाई हतियार उपलब्ध गराउन बाध्य पारेर रुसलाई राजनीतिक र आर्थिक रूपमा हानि पुर्‍याउने प्रयास गरेका छन्।’ चीनलाई आउन निमन्त्रणा गर्दै उनले भने, ‘महत्वपूर्ण विषयमा रुस-चीनबीच भएको सम्झौताले विश्वलाई आफ्नो शक्तिको बारेमा बताउनेछ ।’

यससँगै रुसले ताइवानमा चीनको अडानलाई सार्वजनिक रूपमा समर्थन गरेको छ र पश्चिमी देशहरूले उनीहरूलाई तनाव बढाउन उक्साएको आरोप लगाएको छ। रुसको आक्रमणको विषयमा जिनपिङ सहज देखिन्थे। चीनले अहिलेसम्म आलोचनाबाट टाढा रहँदै शान्तिमा जोड दिँदै आएको छ। यस क्रममा जिनपिङले पुटिनलाई ‘मित्र’ भन्दै सम्बोधन गरेका थिए । पुटिन संयमित देखिन्थे। उनले विश्व कठिन समयबाट गुज्रिरहेको बेला चीन रुससँग रणनीतिक सहयोग बढाउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस