७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : शेख दाजुभाईको उत्कृष्ट साझेदारीमा पोखराको जित

अ+ अ-

काठमाडौँ । दोस्रो विकेटका लागि दाजु-भाइ आरिफ र आसिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेसँगै नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गरेको छ। शुक्रबार फार वेस्टर्न युनाइटेडलाई पराजित गरेको पोखराको यो सात खेलमा दोस्रो जित हो।

सुरुआती पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको लुम्बिनी पहिलो पटक पराजित भएको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पोखराका लागि ६२ बलको सामना गरेका आसिफले ९ चौकासहित अविजित ७७ रनको इनिङ खेले। आरिफ ३७ बलमा २६ रन बनाएर अविजित रहे। त्यसअघि ओपनर सुमित महर्जन १३ रनमा आउट भएका थिए।

लुम्बिनीका लागि किशोर महतोले एक विकेट लिँदा अन्य बलर असफल रहे। पहिलो इनिङमा लुम्बिनीका लागि हरमित सिंहले ३८ रनबाहेह अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ विपिन खत्री र जहिर खानले तीन-तीन विकेट लिए। त्यसबाहेक आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले एक-एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस