१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा मुख्यमन्त्रीमा एमालेको दाबी

अ+ अ-

दाङ । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको तीस दिन भित्र सरकार गठन गरिसक्नुपर्ने कानुनी प्रावधान छ। तर, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी दलहरू तातिएका छैनन्।

संसदीय दलको नेता चयन गर्न समेत ढिलाइ भइरहेको समयमा सरकार गठनको विषय पनि पेचिलो बन्ने देखिएको छ। केन्द्रीय राजनीतिक समीकरणको आधारमा नयाँ ७ दलीय गठबन्धनलाई सरकार गठनको सहज मार्ग देखिन्छ।

तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे दलहरूको बीचमा ठोस सहमति जुट्न सकेको छैन। नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले शपथग्रहणपश्चात् एमाले संसदीय दलको बैठक बस्ने र त्यस बैठकले दलको नेता चयन गर्ने बताए।

‘शपथग्रहणपश्चात् संसदीय दलको बैठक बस्छ। त्यहाँ दलको नेता चयन गरिन्छ। त्यसपछि सरकार गठनको लागि गृहकार्य सुरु हुन्छ’ उनले भने, ‘लुम्बिनी प्रदेशमा हाम्रो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य धेरै रहेकाले यहाँको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने नै हो । केन्द्रबाट त्यस्तो स्पष्ट निर्देशन आएको छैन।’

लुम्बिनीमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बन्नेछ । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। जसले गर्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने कानुनी प्रावधान छ।

नेकपा एमाले २९ र नेकपा माओवादीको ९ सिट छ । तर, लुम्बिनीको नेतृत्व नेकपा माओवादी केन्द्रले समेत दाबी गरेको छ । प्रत्यक्ष तर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ।

एमाले २९ सदस्य सहित सबैभन्दा ठुलो दल छ। नेपाली काँग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन्।

प्रतिक्रिया दिनुहोस