काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गर्दै केही दिनअघि दुई जनामा मिर्गौला प्रत्यारोपण गरिएको र आगामी दिनमा यो सेवालाई निरन्तरता दिइने जनाएको छ ।
नर्भिकमा ५४ र ६६ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिसकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जनाकारी दिए ।
नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरूको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ ।