९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्ट्राचार गर्दैनौँ भनि आमाको कसम खाउँ : सांसद शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भाषणले देश नबन्ने बताएका छन् । उनले सुनको डल्लो कर्णालीलाई भाषणमा मात्रै सीमित राखेको भन्दै आक्रोश व्यक्त गरे ।

सोमबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै उनले सांसदहरु नेताप्रति नभई जनताप्रति उत्तरदायी हुनुपर्ने तर्क राखे । ‘मलाई कांग्रेसले अन्याय गरेको छ, तर पनि छैन, आज कसैका सरकार बन्दैछन,’ उनले भने,‘ यो नेपाल हो भोलि ‘फ्यास्स’ हुनपनि सक्छ, त्यसैले सबैले सहकार्य गरेर अघि बढौँ र निष्ठाका लागि आफ्नी आमाको कसम खाउँ ‘भ्रष्ट्राचार गर्दैनौं’ भनेर, भ्रष्ट्राचारबाट मुक्त बनौँ ।’

अन्य सांसदले कर्णालीलाई सुनको डल्लोसँग तुलना गरेको विषयमा शाहीले खरो टिप्पणी गरे । उनले भने, ‘हो कर्णाली सुनको डल्लो हो तर सुन मिच्ने सुनार पनि राम्रो चाहिन्छ, सुन लुकाइदिने सुनारले त सुन खाइदिन्छ । हामी यस्तो सुनार बन्नुप¥यो की शुद्ध ढिकालाई सहि तरिकाले चुट्न–पिट्न सक्ने, नि मात्रै समृद्धिको कुरा हुन्छ ।’

उनले भाषणले समृद्धि नहुने र भाषणले समृद्धि हुने भए नेपाल आज कहाँ पुगिसक्थ्यौ भन्दै आक्रोश समेत पोखे । उनले अल्पमतमा रहेका मान्छेहरुलाई पनि सरकारले कदर गर्न जान्नुपर्ने भनाईं राखे । ‘यहाँ तपाइँहरु सरकार बनाउँदै हुनुहुन्छ, समीति बन्दैछन्, समीति बनाउँदै गर्दा अल्पमतका मान्छेलाई पनि कदर गर्नुहोस्, राजनीतिमा अल्पमतलाई पनि कदर गर्न जान्नुपर्छ ,’ उनले भने ।

सांसद शाहीले अघिल्लो पटक सरकार, योजना आयोग, र व्यक्तिका योजना बनेको भन्दै आक्रोश व्यक्त गरे । धारो चाहिएको ठाउँमा कार्यकर्ता रिजाउनकै लागि विद्यालय पारिदिने चलनले परिवर्तन नहुने उनको भनाई छ । उनले अब योजना बस्तीबाट उठाउनुपर्ने माग राखे । ‘बस्तीलाई के चाहिन्छ बस्तीका मान्छेलाई मात्र थाह हुन्छ ,’ उनले भने,‘ खल्तीका योजना दिने होइन्, अनि मात्रै त्यो सुनको डल्लो सहि गहना बन्छ, हैन भने भाषणको डल्लाले केही बन्दैन ।’

उनले राणा, राजा र सामन्तका विरुद्ध संघर्ष गरेपनि अहिले हामी आफै सामन्त र राजा बन्न थालेकाले देशको दुर्गती भइरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस