७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग विवादबारे अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैँले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरूमा चासो राख्दै मङ्गलवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् ।

मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ । सट्टेबाजी घरहरू सञ्चालन गर्नेसमेतको उद्देश्यबाट स्थापित संस्था सेभेन थ्रीलाई नेपालको प्रतिष्ठित आधिकारिक क्रिकेट प्रतियोगिता सञ्चालनको अधिकार दिने क्यानको निर्णय सुरुदेखि नै विवादमा मुछिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् ।

दुई टिममा त विदेशी खेलाडीले कप्तानीसमेत गरेका छन् । उनीहरूको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन ।

मङ्गलवार खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै खेल खेल्न अस्वीकार गरेका थिए । क्यानले उनीहरूलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला गरी टस भएको थियो । मङ्गलवार नै प्रतियोगिताको एक फ्रेन्चाइज टिम काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

उनले तत्कालै क्यान र आइसिसीको एन्टी करप्सन युनिटलाई जानकारी गराएको बताएका थिए । प्रतियोगितामा खेलहरुको अवस्था, खेलाडीको शङ्कास्पद गतिविधिलगायतका कारण देखाएर प्रतियोगिताका एकजना टिभी कमेन्टेटर सचिन तिमल्सिनाले पनि जिम्मेवारी छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस