१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम काँग्रेस : संसदीय दलको नेतामा ७ जनाको दाबी, प्रकाश देउवा हाबी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको नेताका लागि ७ जनाले दाबी पेस गरेका छन् । आज प्रदेश उपसभापति लोकराज अवस्थीसहितका नेताहरूले बोलाएको छलफलमा १९ जना प्रदेश सभा सदस्यहरू मध्ये ७ जनाले दाबी गरेका हुन् ।

प्रदेश उपसभापति, महामन्त्रीसहितका नेताहरूसँगको छलफलमा बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट, अछामबाट निर्वाचित मेघराज खड्का, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले दाबी गरेका थिए । छलफलमा ६ जनाको दाबीमा सहमति नजुट्दै अछामबाट निर्वाचित मान बहादुर रावलले पनि दाबी गरे । उनी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् ।

७ जना नेताहरूबीच दलको नेता बन्नेबारे भएको छलफलमा सहमति जुट्न नसकेपछि नेताहरू छलफलबाट बाहिरिएका थिए । मंगलबार दिउसो मात्र होइन साँझ पनि यस विषयमा अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा पनि निकास निस्किएन । बुधबार बिहान पनि छलफल गर्ने र सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा अघि बढ्ने सङ्केत देखिएको छ ।

अहिले काँग्रेसभित्र ७ जनाले दाबी गरे पनि निर्वाचन प्रक्रियासम्म पुग्दा दुई वा तीन जनासम्म मात्रै उम्मेदवार रहने काँग्रेस नेताहरूकै दाबी छ । अहिले सम्म कैलालीबाट निर्वाचित प्रकाश देउवा हाबी छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् ।

पार्टी केन्द्रीय सभापति देउवाको सहोदर भतिजा पनि दलको नेतामा आकाङ्क्षी भएपनि केही नेताहरू उनलाई नै समर्थन गर्ने योजनामा छन् । केही नेताहरू चुनाव लड्ने मनसायमै रहेको काँग्रेस नेताहरूको बुझाइ छ । बुधबार साँझसम्म सके सहमति नभए निर्वाचन मार्फत भएपनि संसदीय दलको नेता छनोट हुने प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।

सुदूरपश्चिममा प्रदेश सभाको बैठक सुरु भइसकेको छ । पहिलो बैठकले २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि एक सता भित्रै बहुमत पुराउन दलहरूलाई आह्वान गर्ने तयारी छ ।

सरकार गठन र सभामुख चयन प्रक्रिया सुरु हुँदै गर्दा काँग्रेसलाई भने दलको नेता चयन गर्न सकस भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेस बाहेक एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सर्वसम्मत रूपमा दलको नेता चयन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस