१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इकाइ गठन गरेर भाडामा कोठा खोज्दै सांसद र कर्मचारी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सरेसँगै प्रदेशसभा सदस्य र कर्मचारीले भाडामा घर खोज्न थालेका छन्।

बस्न असुविधा नहोस् भनेर स्थानीय सरकारले सहजीकरण गर्न थालेको छ। जसले गर्दा प्रदेशसभा सदस्य र कर्मचारीलाई केही राहत भएको छ।

सुविधा नभएको भन्दै राजधानी स्थानान्तरण अघि केही कर्मचारी विरोधमा पनि थिए। तर, अब कर्मचारीहरू पनि आउन थालेका छन्।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी स्थानान्तरणसँग जोडिएका सबै विषयमा निगरानी राख्ने गरेका छन्। राजधानी सरेका मन्त्रालय तथा विभागमा कर्मचारी भए नभएको समेत अनुगमन गर्न थालिएको छ। केही मन्त्रालयमा अझै सचिवहरू आइनपुगेकाले दुई दिनको समय उनीहरूले मागेको स्रोतले बताएको छ।

यता राप्ती गाउँपालिकाले सांसद, कर्मचारी र मन्त्रीहरूलाई आवाससम्बन्धी समस्या सहजीकरण गर्न इकाइ गठन गरी सम्पर्क व्यक्ति पनि तोकेको छ। पालिकाले डुकनारायण पोखरेललाई सम्पर्क व्यक्ति तोकेको हो।

घरभाडा सहजकर्ता पोखरेलले आफूहरूले ५ किलोमिटर वरपर १४५ भन्दा बढी घरमा कोठा र फ्ल्याट उपलब्ध गराएको बताएका छन्। भालुवाददेखि सिसहनियाको सिंगे खोलासम्मको क्षेत्रमा सांसदहरूलाई भाडामा बस्ने कोठा मिलाउन सहजीकरण गरिने पालिकाले जनाएको छ।

पालिकाले सबै घरधनीको नाम र फोन नम्बरहरू पनि उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीलगायत ५ जनाको फोन नम्बर पनि उपलब्ध छ।

गाउँपालिकाको १, २, ३, ४, ५ र ८ नम्बर वडाका १४५ घरधनीको विवरण पालिकासँग रहेको सहजकर्ता पोखरेलको भनाइ छ। पालिकाले सांसद तथा कर्मचारीहरूका लागि घरभाडा पनि तोकेको छ।

जसअनुसार बाथरुमसहितको कोठा ३ हजार, मध्यम कोठा २ हजार ८०० र सामान्य कोठाका लागि २ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सांसद र कर्मचारीका लागि भाडाको घर खोज्न भौतारिन नपरोस् भनेर इकाइ स्थापना गरिएको बताए।

राजधानी सरेपछि आवास, बच्चाबच्चीको पढाइलगायत समस्या देखाउँदै कर्मचारी आउन मानिरहेका छैनन्। कर्मचारीहरूलाई मनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि घरभाडा सुविधा दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस