काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूले प्रतिवेदन पेस गरे गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बैठक बसेको बैठकमा उनीहरूले प्रतिवेदन पेस गरेका हुन्
बैठकमा गठित उपसमितिका संयोजकहरूले आ-आफ्नो समितिको प्रतिवेदन पेस गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका संयोजक श्रेष्ठले प्रस्तुत गर्नेछन्।
आजको बैठकमा जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, चन्द्रबहादुर के.सी., मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा। कृष्णप्रसाद पौडेलले आ-आफ्नो धारणा राखेका थिए।