९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सजगता अपनाउन आग्रह 

अ+ अ-

काठमाडौँ । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी प्रशासनले भारत लगायतमा कोभिडको नयाँ भेरियन्ट (बी.एफ-७) भित्रिएको खबर आइरहेकाले सजगता अपनाउन आग्रह गरेको हो । 

सुर्खेत कर्णालीको प्रवेशद्वार समेत भएकाले पनि पुनः स्वास्थ्य सजगता अपनाउनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । 

साथै उनले सञ्चारमाध्यमहरूले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरूले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव उनले निर्देशन दिएका छन् । 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेट लगायत सबै आवश्यक वस्तुहरू अहिले कम हुँदै गएको जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिँदै कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए । 

प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिङ्गल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सर्जिकल मास्क र ६० हजार थान एन-९० मास्क, ४७५ थान अक्सिजन सिलिन्डर, ८१ थान अक्सिजन कन्स्ट्रक्सन र २ लाख ट्याब्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस