७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

अ+ अ-

सोलुखुम्बु । निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गरेका हुन् । उक्त सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो ।

सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ ।

सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो । तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ । कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माणकार्य सम्झौता गरेको हो ।

देउसावासीलाई जाम जुस बनाउने तालिम

सोलुखुम्बुको देउसाका ३५ कृषकलाई जुस तथा जाम बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना र वडा कार्यालयको समन्वयमा थुलुङ दूधकोसी गाउँपालिका–७ मा कृषकलाई फलफूलबाट जुस तथा जाम बनाउने तालिम दिइएको हो ।

तालिममा सहभागी कृषक पासाङ तामाङले स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजबाट पनि उद्यमी बन्न सकिने रहेछ भन्ने कुरा तालिमबाट थाहा पाएको बताए । घरेलु तथा साना उद्योग विकास अधिकृत सङ्गीता राईले उत्पादन भएका फलफूलले बजारीकरण नपाएको अवस्थामा वडाको मागअनुसार कार्यक्रम सञ्चालन गरेको बताइन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका विभिन्न पालिकामा जुस तथा जाम बनाउने तालिम प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस