१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र

अ+ अ-

उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो ।

हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०-५० प्रतिशत गरी १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो । वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन ।

‘यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौँ’, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहेका वडाध्यक्ष तामाङले भने, ‘यो कटारीकै महत्वपूर्ण शीतभण्डार हो यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

सामान्य ट्रस भवन निर्माण गरेर खुल्लै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ । ‘यसको परीक्षणसमेत गरिएको छैन सञ्चालन हुन्छ हुँदैन थाहा छैन’, स्थानीय भरत खत्रीले भने, ‘अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन शीतभण्डार बिग्रिसक्यो ।’

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी, अदुवा विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ ।

प्रतिक्रिया दिनुहोस