काठमाडौँ । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका-२ की ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो।
बुधबार साँझ पर्सा-२ संग्राम स्थित भित्री सडकखण्डमा बी.आर ०१ बी ५९१७ नम्बरको मोटरसाइलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैठाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।