काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिएको छ ।
१७ पुसमा बसेको कार्यपालिका बैठकले २७ पुसमा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक बिदा मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालका अनुसार बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरू बन्द हुनेछन् ।
