८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ देखि हुने 

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु (बिओक)को एकीकृत कारोबार यही पुस २५ देखि हुने भएको छ। दुवै बैङ्कले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भेरगाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो।

राष्ट्र बैङ्कले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो। दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैङ्कका नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो।

मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ।

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। बैङ्क अफ काठमाण्डुको १०० कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैङ्कको १०० कित्ता शेयर प्राप्त गर्नेछन्।

मर्जरपश्चात् बन्ने बैङ्कको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ। बैङ्कको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैङ्कको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ। मर्जरपश्चात् बैङ्कको शाखा सञ्जाल ३६५ र एटिएम ३२८ पुग्नेछन्।

मर्जरपश्चात् बन्ने बैङ्कको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा ग्लोबल आइएमई बैङ्कका सिइओ रत्नराज बज्राचार्य रहनेछन्। साथै मर्जरपश्चात् बैङ्क अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन्। बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैङ्ककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैङ्क अफ काठमाण्डुकातर्फबाट दुईजना रहने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस