८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला पन्त प्रकरण बारे अनुसन्धान गर्न डिआइजी सिंहको नेतृत्वमा समिति गठन

Nirmala Pant
अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ ।

प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेकै दिन पुस ११ गते ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान/छानबिनसम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।

भीमदत्त नगरपालिका-२ (कञ्चनपुर) स्थित खोल्टीकी निर्मलाको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

त्यसबेला प्रहरीले घटनामा विष्टकै संलग्नता उल्लेख गरे पनि अनुसन्धान, स्थानीय भीड, विभिन्न अधिकारवादीका प्रतिवेदन, प्रहरीका विभिन्न प्रतिवेदनलगायतले आ-आफ्नै जिकिरसहितका दाबी गरे पनि अहिलेसम्म घटनामा संलग्न व्यक्ति को हुन् भन्ने टुङ्गो लागेको छैन । अनुसन्धान पनि गिजोलिएको छ‚ जसका कारण करिब साढे ४ वर्षअघिको बलात्कार र हत्यासम्बन्धी जघन्य अपराधको अनुसन्धान अन्योलमा छ । पछिल्लो पटक उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि मृतक निर्मलालाई न्याय दिलाउन आफू लागिपर्ने बताएपछि प्रहरीले फेरि अनुसन्धान समिति नै बनाएर घटनास्थलतर्फ पठाएको छ ।

गृहको पत्र पाएलगत्तै प्रहरी महानिरीक्षक सिंहले उक्त घटनाको अनुसन्धान गर्न सीआईबीका डिआइजी सिंहको नेतृत्वमा एसपी कमल थापा, प्रहरी अस्पतालका मनोचिकित्सक डा.आशीष दत्त, सीआईबीकै निरीक्षक दुर्गा योञ्जनसहितको टोली गठन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धान टोली प्रमुख सिंहसहित केही अधिकारी महेन्द्रनगर पुगिसकेका छन् । टोलीका केही सदस्य छिट्टै घटनास्थलतर्फ जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस