१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि बोकेको ट्रकमा मदिरा भेटिएपछि राजश्वले गर्‍यो कारबाही

अ+ अ-

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय वीरगञ्जले औषधी बोकेको ट्रकमा अवैध घरेलु रक्सी बोक्ने ट्रक चालकलाई जरिवाना गरेको छ ।

कार्यालयले ट्रक चालक वीरगञ्ज-३० बस्ने सदाम हुसेनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । अवैध रक्सीको ३९ हजार विगो र रक्सी ओसार्न प्रयोग भएको ट्रकको २५ हजार जरिवाना लिएको छ ।

प्रहरीले विरगन्ज-२ श्रीराम हल पछाडिको खाली चौरबाट बिहीबार बिहान अवैध घरेलु रक्सी सहितको कन्टेनर नियन्त्रणमा लिएको थियो । ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरमा त्रिभुवन विमानस्थलबाट पैठारी प्रज्ञापनपत्र 

  अनुसारका १ करोड १४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको औषधि लोड थियो ।

३९ वटा पोकामा प्रतिपोका १० लिटरका दरले ट्रकमा ३ सय ९० लिटर अवैध घरेलु रक्सी समेत राखिएको थियो ।

प्रहरीले अवैध घरेलु रक्सी कन्टेनरमा राखेर ल्याउने ट्रक चालक सदामलाई पनि पक्राउ गरेर आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाएको थियो । बरामद गरिएको औषधि सहितको ट्रक र रक्सीको मूल्य १ करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ गरिएको थियो । प्रमुख कर अधिकृत कपिल सुवेदीले मदिरा नष्ट गरेर चालकलाई जरिवाना गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस