११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले विश्वासको मत मागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समसामयिक राजनीतिबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएका छन् । देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको काँग्रेसका एक पदाधिकारीले बताए । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ । 

यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन काँग्रेसलाई प्रस्ताव गरेको थियो । 

सम्बन्धित समाचार : माओवादीले माग्यो काँग्रेससँग विश्वासको मत, नेताहरू छलफलमा  

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी छ । काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पौडेलको जोड छ ।

उनले काँग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकलाई त्यसको माहौल निर्माण गर्न आग्रह गरेका थिए । बिहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र मुख्य सचेतक लेखकबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस