११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षदेखि ३५ प्रकारका आयुर्वेद औषधि उत्पादन गरिने

अ+ अ-

काठमाडौँ । चितवनको रत्ननगरमा स्थापना गरिएको प्रादेशिक आयुर्वेद औषधि उत्पादन केन्द्रले आगामी वैशाखदेखि औषधि उत्पादन गर्ने तयारी गरेको छ।

औषधि उत्पादनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकै परिसरमा औषधि उत्पादन केन्द्रको भवन बनेको छ।

संघीय सरकारको बजेटमा बनेको भवनलाई प्रादेशिकअन्तर्गत ल्याएर आयुर्वेद औषधि उत्पादन सुरु गर्न लागेको केन्द्रका प्रमुख डा।सुरेश महर्जनले बताए।

डा. महर्जनले औषधि उत्पादनका लागि ४ करोड रुपैयाँ बजेट प्राप्त भएको बताए।

उक्त बजेटमध्ये २ करोड रुपैयाँ मेसिन तथा औजारहरू खरिद गर्न, ६० लाख रुपैयाँ कच्चा पदार्थ (जडीबुटी) खरिद गर्न र बाँकी रकम तलब तथा अन्य काममा खर्च हुने उनले बताए।

केन्द्रले यो आर्थिक वर्षभित्रमा ३५ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। तीमध्ये ९ प्रकारका औषधि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अहिले पनि निःशुल्क वितरण गर्दै आएको छ। यहाँबाट उत्पादन हुने अन्य २६ प्रकारका औषधि पनि नि:शुल्क वितरण गर्ने लक्ष्य रहेको महर्जनले बताए।

यस वर्षबाटै अडिरको दाना निचोरेर तेल निकाल्न सुरु गर्ने लक्ष्य केन्द्रको छ। यो तेल हाड, जोर्नी तथा नशाको दुखाइ कम गर्न प्रयोग हुन्छ।  

सातवटै प्रदेशमा औषधि उत्पादन केन्द्र स्थापना गर्ने नीति रहेकोमा पहिलो पटक बागमती प्रदेशले चितवनमा उत्पादन सुरु गर्न लागेको उनले बताए।

चितवनको रत्ननगर नगरपालिकामा २०५१ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएको थियो। यहाँ प्रादेशिक आयुर्वेद अस्पताल पनि बन्दैछ। अस्पताल निर्माणका लागि बकुलहर माविको जमिन प्राप्त भएको केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिइन्। त्यहाँ भवन निर्माणका लागि डिपिआर तयार भएर ठेक्का लागिसकेको उनले बताइन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अहिले ओपिडी, भिडिओ एक्सरे, ल्याब, योग, पूर्व कर्म-पंचकर्म सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा तथा शिशु सेवा, नागरिक आरोग्य स्वास्थ्य सेवा, फिजियोथेरापी, अकुपंचर, शिविरहरू सञ्चालन गर्दै आएको छ। गत वर्ष २७ हजार ९८२ जनाले यी सेवा लिएको डा।अधिकारीले जानकारी दिइन्।

यस वर्ष बिरामीको चाप थप बढेको उनले बताइन्। यहाँ ग्यास्ट्रिक, मधुमेह, श्वासप्रश्वास, उच्च रक्तचाप, स्त्रीरोग, ढाड दुख्ने लगायतका समस्याका बिरामी बढी पुग्ने गरेका छन्।

चितवनका अलावा मकवानपुर, धादिङ, तनहुँ, नवलपरासी लगायतका जिल्लाबाट पनि यहाँ उपचारका लागि आउने गरेका छन्।

चितवनको शिवनगरमा २०० शय्याको संघीय आयुर्वेद अस्पताल पनि बन्दै छ।

डा. अधिकारीले अहिले जिल्लाभरमा एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक जीवनशैली व्यवस्थापन कार्यक्रम, ८ वटा आयुर्वेदिक औषधालय, तीनवटा नागरिक आयुर्वेद सेवा केन्द्र रहेको जानकारी दिइन्।

निजीतर्फ ५ वटा आयुर्वेद अस्पताल, एउटा पोलिक्लिनिक र २५ वटा क्लिनिक सञ्चालनमा छन्।

प्रादेशिक र संघीय आयुर्वेद अस्पताल पनि सञ्चालनमा आएसँगै आयुर्वेदको क्षेत्र विस्तार हुने र धेरैलाई सेवा दिन सकिने उनले बताइन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कोरोना महामारीपछि आयुर्वेदप्रतिको जनविश्वास थप बढेको बताए।

प्रतिक्रिया दिनुहोस