८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँलाई ७ विकेटले हराउँदै विराटनगर प्लेअफमा

अ+ अ-

काठमाडौँ । कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी-२० लिगको प्लेअफ पुगेको छ ।

काठमाडौँले प्लेअफमा स्थान बनाउन अर्को खेलमा पोखरा एभेन्जर्स फारवेस्टर्न यूनाइटेडसँग पराजित हुनुपर्नेछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८।४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍यो ।

विराटनगरका कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेले उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो रोहितको तेस्रो अर्धसतक हो ।

ओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेले । उनले ४९ बलमा चार चौका प्रहार गरे । हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे ।

काठमाडौँका अविनाश बोहराले दुई विकेट लिए । उनले ३ं४ ओभरमा ३५ रन खर्चिए ।यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौँका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ ।

पोखराको ६ र फारवेस्टको ४ अंक रहेको छ । काठमाडौँ प्लेअफ पुग्न पोखरा आज हुने दोस्रो खेलमा फारवेस्टसँग पराजित हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस