१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आहारारा पोखरा गोल्डकपको उपाधि संकटालाई

अ+ अ-

पोखरा । पोखरामा सम्पन्न २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा उपाधि संकटा क्लबले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। योसंगै संकटाले दोस्रो पटक आहारारा गोल्डकपको उपाधिमा नाम लेखाउन सफल भएको छ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दुवै टिमले पहिलो हाफमा बराबरी २–२ गोल गरेका थिए। खेलको सातौं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले पहिलो गोल गरे। दोस्रो गोल संकटाका मिसुकीले ३४ औं मिनेटमा गरेर अग्रता दिलाए।

भुटनिजको तर्फबाट ३७ औं मिनेटमा रेने स्यान्टिनले पहिलो गोल फर्काए। ४७ औं मिनेटमा भुटनिजका विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए। दोस्रो हाफमा कुनै पनि टिमको गोल हुन सकेन।

थपिएको अतिरिक्त समयको २६ औं मिनेटमा सुनिल बलले निर्णायक गोल गर्दै संकटालाई आहारारा पोखरा गोल्डकपमा दोस्रो पटक उपाधि दिलाए।

०७७ मा पहिलो पटक संकटाले उपाधि जित्दै आहारारा पोखरा गोल्डकपको इतिहासमा नाम लेखाएको थियो। संयोग के छ भने त्यतिबेला संकटाले विदेशी टिम अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपालि पनि उपाधि भिडन्तमा विदेशी टिमलाई पराजित च्याम्पियन बनेको छ।

उपाधि विजेता संकटाले १२ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। पाँचौ पटक आहारारा पोखरा गोल्डकपमा सहभागिता जनाएको संकटाले दुई विभागीय क्लबलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा संकटाले त्रिभुवन आर्मी क्बललाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍यो।

सेमिफाइनलमा निकै आक्रमक खेलेको संकटाले अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफमाथि ४–१ को प्रभावशाली जित निकाल्दै दोस्रो पटक उपाधिको नजिकै पुगेको हो।

करोड खर्चेर नेपालमा फुटबल खेल्न आएको भुटनिज युथ स्पोर्टस क्लबले क्वाटरफाइनलमा आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मरस्र्याङदी क्बललाई १–० गोल अन्तरले पाखा लगाएर सेमिफाइनल प्रवेश गर्‍यो। सेमिफाइनलमा आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले रोक्दै उपाधि यात्रामा पुगेको हो।

भुटनिज युथ क्बलको प्रतियोगितामा यो दोस्रो पटकको सहभागिता हो। अघिल्लो पटक भुटनिज समूह चरणको खेलमा एपिएफ क्लबसँग पराजित हुँदै अमेरिका फर्किएको थियो। पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ विदेशि, ३ विभागीय सहित १० टिमले खेलका छन् ।

प्रतिक्रिया दिनुहोस