१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ पुसदेखि ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि २५ पुसबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको छ ।

बैंकको मर्जरपश्चात् एकीकृत वित्तीय कारोबार सुरु गर्न डेटा माइग्रेसनका लागि शनिबार र आइतबार सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द गरिएको बैंकले जनाएको छ । तर, सो अवधिमा मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेन्टमार्फत हुने रेमिट्यान्स सेवा भने सञ्चालनमा रहनेछ ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५।७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्बभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठुलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहनेछन् । त्यसै गरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा पाँच वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स समाहित भएका छन् । दुई बैंकको मर्जरपश्चात् कुल तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस