काठमाडौँ । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरूलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।
निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।