९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी, एकीकृत समाजवादी र जसपाबीचको एकता प्रक्रिया अन्तिम चरणमा 

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् ।

माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको अध्यक्षतामा वार्ता समिति गठन गरेका छन् ।

तीन वटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्ने कुरामा सहमति बन्न नसकेको स्रोतले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट तथा माओवादी शब्द हटाएर समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन् तर माओवादी र एकीकृत समाजवादी पार्टी कम्युनिस्ट शब्द राख्नुपर्ने पक्षमा देखिएका छन् ।

माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच हुन गइरहेको एकतामा पनि यो कुरा मुख्य रूपले उठेको छ । नेसपाका अध्यक्ष भट्टराईले पनि कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्न प्रस्ताव गरेका छन् । तर माओवादी केन्द्रले यसमा सहमति जनाएको छैन ।

जसपा नेपाल स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिइसकेपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने छ । जसपाले गठन गरेको वार्ता समितिका सदस्य गोविन्द चौधरीले आवश्यकताअनुसार दलहरूसँग छलफल गर्दै जाने बताए ।

आज एकीकृत समाजवादीसँग औपचारिक छलफल सुरु हुने उनले बताए । त्यसपछि अन्य दलसँग बिस्तारै कुराकानी अगाडि बढ्ने बताउँदै उनले माओवादी केन्द्रसँग मात्र होइन, जसपा नेपालको विचार, सिद्धान्त मिल्ने अन्य दलसँग पनि छलफल गर्दै एकताका लागि पहल गर्ने जानकारी दिए ।

एकीकृत समाजवादीका महासचिव एवं वार्ता समितिका संयोजक बेदुराम भुसालले पहिलो चरणमा जसपासँग कुराकानी हुने, त्यसपछि माओवादी केन्द्रसँग कुरा सुरु हुने बताए । जसपासँग अनौपचारिक छलफल सुरुदेखि चल्दै आइरहेको भन्दै उनले अब चाँडै नै औपचारिक छलफल सुरु हुने बताए ।

आज नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति बनाउने भनिएको छ । माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको नेसपाले अन्य विषयमा छलफल गर्न औपचारिक रूपमा वार्ता समिति बनाउन लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस