१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी पुरानै गठबन्धनमा छौँ, काँग्रेसले के गर्छ हेर्छौँ’

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो।

अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरी नसकेको बताए।

सरकारलाई समर्थन गर्नेबारे आधिकारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव नआएको बताए।

‘सरकारलाई समर्थन गर्न माग गर्दै प्रचण्ड र ओलीबाट हामीलाई कुनै आधिकारिक प्रस्ताव आएको छैन,’ उनले भने, ‘हामी पुरानै गठबन्धनमा छौँ, काँग्रेसले सरकारलाई समर्थन गर्छ कि प्रतिपक्षमा बस्छ हेर्दैछौँ। काँग्रेसले पनि हामीसँग केही कुरा गरेको छैन।’

उनले सरकारबाट समर्थनका लागि प्रस्ताव नै नआएकोले सरकारमा जाने वा नजाने भन्ने विषयवस्तुबारे छलफल आवश्यक नरहेको बताए।

उनले सांसदहरूलाई काठमाडौँ उपत्यका नछाड्न पार्टीले निर्देशन दिएको बताए प्रतिनिधि सभामा लोसपाबाट ४ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस