९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छली ल्याएको ६६ लाख बराबरको समान बरामद

अ+ अ-

काठमाडौँ । भन्सार छली काठमाडौँ ल्याइएका ६६ लाख मूल्य बराबरको सामानसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रबार राती काठमाडौँको बल्खुबाट ६६ लाखको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालीमाटीको टोलीले पुष २३ गते बिहान ०३ः४५ बजेको समयमा उपत्यका बाहिरबाट काठमाडौँ आइपुगेको अवस्थामा कामनपा १४ बल्खु नजिकैबाट भन्सार छली गरिएका सामानसहित एक व्यक्ति पक्राउ गर्दै भारतीय नम्बर प्लेटको सवारीसाधन समेत बरामद गरेको हो । प्रहरीले  PB10C X7597 नं. को भारतीय नम्बर प्लेटको ट्रकसमेत नियन्त्रणमा लिएको छ । 

कालीमाटी प्रहरीलाई प्राप्त सूचनाका आधारमा ट्रकको खानतलासी गर्दा बाहिर प्याजको बोराले छोपेर भित्र कोट पाइन्टका कपडा, शेरबानी लगायतका सामानहरू बरामद गरेको हो । ती सामानहरूको भन्सार महसुल नतिरिएको र भन्सार छली गरी ल्याएको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले सुट पाइण्टको कपडा ५ हजार ६८३ मिटर, सर्टको कपडा २ हजार ७ सय मिटर, शेरवानीको कपडा २ हजार १८१ मिटर र लेहेङ्गाको कपडा १ हजार ६५० मिटर बरामद गरेको छ । भन्सार छली गरी कपडा ल्याउनमा संलग्न ट्रक चालक भारत पञ्जाब लुदियानाका ५६ वर्षीय सुकदेव सिंह र उनले चलाइरहेको PB10C X7597 नम्बरको भारतीय ट्रकसमेत नियन्त्रणमा लिइएको छ । बरामद भएका कपडाहरूको मूल्य अन्दाजी ६६ लाख ६५ हजार ५५८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

भन्सार छली गरी सामान आयतमा संलग्न सुकदेव सिंहलाई बरामद दशीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस