१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री लिन काँग्रेसको प्रस्ताव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी सत्ता साझेदारीको प्रस्ताव गरेको छ ।

सुदूरपश्चिममा नेकपा एमाले-माओवादी केन्द्रसहितको सरकार बन्न नदिन काँग्रेसले प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिसँग छलफल अघि बढाएको हो ।

‘हामीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिन्छ, मुख्यमन्त्री लिनुस् बाँकी पदहरूमा नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा लैजाने गरी सहमति गरौँ भन्ने प्रस्ताव पठाएका छौ ’, सुदूरपश्चिमका एक काँग्रेस नेताले भने ।

सुदूरपश्चिम प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कमल शाहले नागरिक उन्मुक्ति पार्टीसँग विभिन्न कोणमा छलफल भइरहेको बताए । काँग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री तथा प्रदेशसभा सदस्य मेघराज खड्काले मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिने प्रस्ताव पठाएको कुरा साँचो भएको बताए ।

काँग्रेसको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीले भने जवाफ दिइसकेको छैन । उसले रेशम चौधरीलगायत थरुहट आन्दोलनका बन्दीको रिहाइ हुनुपर्ने माग काँग्रेसलाई सुनाएको छ । काँग्रेस नेताहरू भने सरकार गठनका लागि प्रदेश प्रमुखले २७ पुससम्मको समय दिएकाले त्यतिबेलासम्म समझदारी हुनेमा आशावादी देखिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले विभिन्न कोणबाट कुराकानी चलेको भएपनि यस्तै हुन्छ भन्न नसकिने बताउँछन् ।

एमाले नेतृत्वको गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी छ भने नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको मुख्यमन्त्री कुन दलले लिने भन्ने टुङ्गो लगाएको छैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् । सरकार बनाउन यहाँ २७ जनाको समर्थन चाहिन्छ ।

एमाले नेतृत्वको गठबन्धन कायम हुँदा उसको पक्षमा २९ जना हुनेछन् । काँग्रेस, नाउपा र नेकपा एकीकृत समाजवादी पार्टीसहितको नयाँ समीकरण बनेमा पक्षमा ३० जना सांसद हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस