९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-ट्वान्टी : आज इलिमिनेटर खेल हुँदै

अ+ अ-

काठमाडौँ । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज सोमबार एक खेल हुँदैछ । प्लेअफको दोस्रो खेलमा आज इलिमिनेटरको खेल हुदैछ ।

ईलिमेटर खेलमा काठमाडौँ नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

इलिमिनेटर खेलमा यस लिगको समूह चरणका खेलमा तेस्रो चौथो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । विराटनगरले तेस्रो तथा काठमाडौँले चौथो स्थानमा रहँदै समूह चरण समाप्त गरेका थिए ।

आजको इलिमिनेटर खेलको विजेताले फाइनलमा स्थान बनाउनका लागि आइतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौँले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १/१ खेल जितेका थिए ।

आइतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौँ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस