६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति बिनै मेयर बालेन विदेश भ्रमणमा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साह पहिलो पटक विदेश भ्रमणमा निस्किएका छन् ।

उनी श्रीमती सबिना काफ्ले र अन्य साथीहरूसहित बिहीबार इन्डोनेसियाको जकार्ता पुगेका हुन् ।

मेयर साहको सचिवालय स्रोतका अनुसार उनी जकार्तामा भइरहेको ‘पब्जी मोबाइल विश्व च्याम्पियनसिप’ हेर्न अनौपचारिक रूपमा त्यहाँ पुगेका छन् ।

उनको भ्रमण प्रक्रिया र खर्च आयोजक टोलीले नै व्यहोरेको मेयर साहको सचिवालयले जनाएको छ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनलमा दुई वटा नेपाली टोली पुगेका थिए । उनीहरूलाई हौसला दिन र पारिवारिक घुमघामका लागि उनी त्यहाँ पुगेका हुन् । उनले आफ्नो भ्रमणबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मौखिक जानकारी मात्रै गराएका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै उनले महानगर कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक जानकारी नगराएको मेयर साहको सचिवालयले जानकारी दिएको छ ।

स्थानीय तहका पदाधिकारी विदेश भ्रमणसम्बन्धी निर्देशिका–०७५ ले कुनै पनि जनप्रतिनिधि विदेश भ्रमण वा अवलोकनका लागि जानु पूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । तर, मेयर साह उक्त निर्देशिकालाई अटेर गर्दै विना अनुमति विदेश भ्रमणमा निस्किएका छन् । निर्देशिकाअनुसार कुनै पनि स्थानीय तहका जनप्रतिनिधि (प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत)ले विदेश भ्रमण गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसँग अनुमति लिनुपर्छ ।

मन्त्री नियुक्त नभएको अवस्थामा सचिवसँग अनुमति लिनुपर्ने वा विकास सहायता समन्वय शाखाको अनुमति लिनुपर्ने व्यवस्था छ ।

‘विदेश भ्रमण भन्नाले नेपालबाहिर विदेशी मुलुक वा सरकार र त्यसको कुनै निकाय, अन्तर्राष्ट्रिय सङ्गठन, दातृ निकाय, विकास साझेदार, स्थानीय तहले सम्बन्ध स्थापना गरेको भगिनी सहर वा विदेशस्थित गैर आवासीय नेपालीको संस्थाले अध्ययन, तालिम, गोष्ठी, सेमिनार, छलफल वा अवलोकनका लागि आमन्त्रण गरेकोमा त्यस्ता कार्यक्रममा भाग लिन जाने कार्य सम्झनुपर्छ । विदेश भ्रमण गर्ने पदाधिकारीले विदेशमा हुने सभा, समारोह तथा बैठकमा गरिने सम्बोधन, भाषण वा छलफलको विषयवस्तु र नेपालको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालय, नेपाली नियोग र अन्य सम्बन्धित निकायसँग परामर्श गर्नुपर्नेछ,’निर्देशिकामा भनिएको छ ।

मेयर साहले अनुमति नलिई विदेश भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । उनका अनुसार मेयर तथा मेयरको सचिवालयले मेयर साहको भ्रमणबारे कुनै पनि विवरण मन्त्रालयलाई पठाएको छैन । उनले भने, ‘उहाँ विदेश भ्रमणमा गएको सुनेका छौँ, तर अनुमति लिनुभएको छैन ।’

प्रतिक्रिया दिनुहोस