काठमाडौँ । ३० पुस (शनिबार) देशभरका कर कार्यालय र राजस्व सङ्कलन गर्ने बैङ्कको शाखा र काउन्टर खुला हुने भएका छन् ।
आयकरको ४० प्रतिशत किस्ता दाखिला गर्ने समय पुस मसान्त हो । साथै आय विवरण तथा रकम जम्मा हुने समय भएकाले सो शनिबार कार्यालय खुला रहने आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिन समेत राजस्व सङ्कलन निरन्तर गर्न भनेको हो ।