९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीले खेलको पहिलो सेट २५-११ ले जित्यो भने दोस्रो सेट २५-१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो ।

यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अङ्क जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।

त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।

च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछन् भने उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले एक लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस