८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने

अ+ अ-

काठमाडौँ । यस वर्षको २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ । आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौँ महानगरपालिकामा आज भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो । 

छलफलका क्रममा नगर उपप्रमुख सुनिता डङ्गोलले दिवसको अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताइन् ।  

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिँदै गएर भवन संहिता पालनामा पनि लापरबाही गर्न थालेको स्मरण गराए ।

अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जानकारी दिएको छ ।  

यही पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले कामपाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो ।

त्यसैगरी  सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको थियो । बैठकले यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ । 

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । 

विसं २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर दिवस मनाउन थालिएको हो । 

प्रतिक्रिया दिनुहोस