६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेलमा ३ दिने माघे सकराती मनाउने मगर समुदायको तयारी  

अ+ अ-

काठमाडौँ । आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौँमा ३ दिने माघे सकराती राष्ट्रिय चाड मनाउने तयारी गरेको छ ।

नेपाल मगर सङ्घले काठमाडौँको टुँडिखेलमा पुस २९, ३० र माघ १ गते माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव मनाउने तयारी पूरा भएको नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।

उनका अनुसार मौलिक संस्कृतिलाई थप प्रवर्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रूपमा मनाउन लागिएको हो ।

‘महोत्सवमा यसपटक मगरात सभ्यताको संरक्षण-संवर्द्धन गर्दै पुस्तान्तरण गरौँ, मगर समुदायको महान् चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔँ,’ भन्ने नारा तय गरिएको छ ।

यसका साथै मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेसभुसा, मौलिक खानपिनको प्रदर्शनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान महोत्सवमा रहने नेपाल मगर सङ्घ केन्द्रीय समितिले जनाएको छ । साथै माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट र्‍याली सुरु हुनेछ ।

नेपालको प्राय सबै जिल्लाहरूमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदाय भित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रूपमा मगरहरूले माघेसकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रूपले मगरहरूले बाह्रमगरात (मगर ढुट), अठा/मगरात (मगर खामरपाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला-सँस्कृतिका हिसाबले मगरहरूमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।

माघे सकरातीमा दाजुभाइ दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरूले मूलको पानी र जमरा स्वरूप जौ को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरूलाई माइती दाजुभाइहरूले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौ पातीको फुल लगाई दक्षिणा अनि आर्सीवाद दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस