८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४७२ गर्भवती र सुत्केरीको हवाई उद्धार

अ+ अ-

काठमाडौँ। सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत साढे चार वर्षमा ४७२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र०७६ देखि हालसम्म ४७२ जनाको हवाई उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा सुरु गरिएको कार्यक्रममा सो वर्ष २६ जनाको उद्धार गरिएकोमा आव ०७६/७७ मा ८७ जना, ०७७/०७८ मा १०३ जना, ०७८/७९ मा १६९ र चालु आर्थिक वर्षको पुस अन्तिम सातासम्म ८७ जनाको उद्धार गरिएको हो ।

समन्वय इकाईकी उपसचिव नीता शर्माका अनुसार उद्धार गरिएकोमा सबैभन्दा धेरै कर्णाली प्रदेशका पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी छन् भने प्रदेश-१ मा ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका छन् ।

कार्यक्रमअन्तर्गत सरकारले १८ घण्टाभन्दा बढी प्रसव व्यथा भई बच्चा जन्मन कठिन भएको, शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर बच्चा निस्किन कठिन भएको, गर्भवतीको हातखुट्टा वा शरीर अत्यधिक सुन्निएकोलगायत ज्यान जोखिममा पर्न सक्ने अवस्थाका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्दै आएको छ । यो कार्यक्रम सातै प्रदेशका गरी ४८ वटा दुर्गम हिमाली तथा पहाडी जिल्लामा लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस